
लण्डन । कोभिड र ब्रेक्जिटपछि तङ्ग्रिन नसकेको बेलायतको अर्थतन्त्रमा दोस्रो त्रैमासिकमा भने केही सुधार देखिएको छ ।
बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिलदेखि जुनमहिनासम्मको अवधिमा बेलायतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) दर सो भन्दा अघिल्लो तीन महिनाभन्दा ०.२ प्रतिशतले वृद्धि भएको थियो भने गत वर्षको सोही अवधिको जीडीपी भन्दा ०.४ प्रतिशतले बढेको पाइएको छ ।
बैँक अफ इङ्गल्याण्ड र बेलायतका स्वतन्त्र अर्थशास्त्रीहरूले गरेको आँकलनभन्दा सो दर केही बढी छ । तथापि कोभिडपूर्वको अवस्थाको दाँजोमा बेलायतको अर्थतन्त्र अझै पनि ०.२ प्रतिशतले कम्ती छ ।
पान्थोन माइक्रोइकोनोमिक्सका प्रमुख अर्थशास्त्री सामुयल टोम्बस जुन महिनाको वृद्धिलाई दीगो सुधारका रूपमा लिन सकिने बताउँछन् । मुद्रास्फिति घट्दै गएको र घरायसी आम्दानी बढ्दै गएकाले सो वृद्धि आगामी दिनमा कायमै रहनसक्ने उनको विश्लेषण छ ।
ओएनएसले अर्थतन्त्रमा सुधार हुनाका कारण यातायात, मनोरन्जन, उर्जा, होटल रेस्टुरेन्टहरूमा गरिने खर्चमा भएको वृद्धिलाई लिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा