
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
शनिबार भएको संवादमा नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीहरुको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्री कार्यालयले पनि सोही विषयमा विज्ञप्ति जारी गर्दै उहाँहरूबीच भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्दै दुई देशबीचको गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउने बारे छलफल भएको जनाएको छ ।
“निकट र मित्रवत् छिमेकी मुलुक नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रमुख साझेदार राष्ट्र हो । टेलिफोन वार्ता दुई देशबीचको उच्चस्तरीय आदानप्रदान परम्पराको निरन्तरता हो”, भारतीय प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक