
लण्डन । उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पुर्याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी ‘विल्को’ले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ ।
समूहले लगभग ४०० पसलहरू र अनलाइन सेवामार्फत साना घरेलू सामानहरूसहित सरसफाई र बगैंचा निर्माणका लागि आवश्यक सामानहरू बिक्री गर्दै आएको छ ।
तत्कालका लागि समूहमा कार्यरत पुरानो नेतृत्वको स्थानमा नयाँ प्रशासक नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ । यद्यपि, विल्कोका कर्मचारीहरू भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित गर्न सफल हुनेमा शङ्का व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वले आर्थिकरूपमा सङ्कटग्रस्त कम्पनीले व्यवसायको सेवालाई बचाउन बाह्य विशेषज्ञतालाई आह्वान गर्नसकिने पनि बताएको छ ।
विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले एक विज्ञप्ति जारी गर्दै नयाँ प्रशासकहरूलाई नियुक्त गरिने निर्णय भएको बताउनुभयो ।
“हामीले सामना गरिरहेको बढ्दो नगद दबावलाई ध्यानमा राख्दै संस्थाको उद्धारका लागि उपलब्ध समयमा आवश्यक तरलतालाई प्रत्याभूत गर्न नेतृत्व प्रतिवद्ध रहने छ,”उहाँले भन्नुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा