
लण्डन । बौद्ध अर्घौं सदन पोखराका पूर्व अध्यक्ष स्वर्गीय वीरबहादुर गुरुङप्रति बेलायतमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
बुधबार बेलायतमा बसोबास गर्ने सदनका आमाहरुले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) गुम्बामा १०८ वटा दीप प्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
पोखरा रामघाटस्थित बौद्ध अर्घौं सदनको विकास, बौद्ध शिक्षा पठनपाठनका साथसाथै बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्धनमा महत्वपूर्ण भूमिका निभाउँदै आएका पूर्व अध्यक्ष गुरुङको निधनको २१ औं दिनको पुण्य तिथिमा बौद्ध पराम्परानुसार मलम पाठ, मर्मेपाठ, शूरपूजा पाठका साथ दीप प्रज्ज्वलन गरिएको हो ।
बीसीसी यूकेका लामा गुरु लुङ्गरिग रिन्पोछे, खेन्पो फुर्तेम्बा, खेन्पो छुल्त्रीम कर्मले पूर्व प्रधानाध्यपाक समेत रहेका शिक्षाविद् स्वर्गीय गुरुङको दिवंगत आत्माको चीर शान्तिको कामनाका लागि गरिएको पूजापाठमा बीसीसी यूकेका आमाहरु तथा शुभचिन्तकहरुको समेत विशेष उपस्थिति रहेको थियो ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस