
लण्डन । बौद्ध अर्घौं सदन पोखराका पूर्व अध्यक्ष स्वर्गीय वीरबहादुर गुरुङप्रति बेलायतमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
बुधबार बेलायतमा बसोबास गर्ने सदनका आमाहरुले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) गुम्बामा १०८ वटा दीप प्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
पोखरा रामघाटस्थित बौद्ध अर्घौं सदनको विकास, बौद्ध शिक्षा पठनपाठनका साथसाथै बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्धनमा महत्वपूर्ण भूमिका निभाउँदै आएका पूर्व अध्यक्ष गुरुङको निधनको २१ औं दिनको पुण्य तिथिमा बौद्ध पराम्परानुसार मलम पाठ, मर्मेपाठ, शूरपूजा पाठका साथ दीप प्रज्ज्वलन गरिएको हो ।
बीसीसी यूकेका लामा गुरु लुङ्गरिग रिन्पोछे, खेन्पो फुर्तेम्बा, खेन्पो छुल्त्रीम कर्मले पूर्व प्रधानाध्यपाक समेत रहेका शिक्षाविद् स्वर्गीय गुरुङको दिवंगत आत्माको चीर शान्तिको कामनाका लागि गरिएको पूजापाठमा बीसीसी यूकेका आमाहरु तथा शुभचिन्तकहरुको समेत विशेष उपस्थिति रहेको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’