
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान आग्रह गरेको छ ।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारका सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयद्वारा प्रकाशित उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागतरूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ । अतः कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ । यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ ।”
नेपालीहरू रूसको नीजि सेना बाग्नरमा भर्ना भएको समाचार सामाजिक सन्जालहरूमा आएको केही साता बितिसकेपछि मन्त्रालयको प्रेस विज्ञप्ति आएको हो ।
नेपालबाट भारतीय र बेलायती सेनामा क्याम्प राखेर भर्ती गर्ने गरिएको छ । बेलायतले सिंगापुर प्रहरीमा भर्ना हुनेहरूको पनि छनौट गर्ने गरेको छ भने बेलायती सेनाकै टुकडीले ब्रुनाइको सुल्तानलाई पनि सुरक्षा दिँदै आएको छ । यसबाहेक फ्रान्स, अमेरिका लगायतका मुलुकमा पनि नेपालीहरू सेनामा भर्ती भएको पाइएको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित