
बेल्जियम । किरात राई सोसाईटी बेल्जियमको अधिवेशन हालै काजाब्लांका क्यासेल्लोमा सम्पन्न भएको छ ।
अधिवेशनबाट तदर्थ समिति संयोजक ईन्दिरा चाम्लिंग राईको अध्यक्षतामा सम्पूर्ण पदाधिकारीहरू महिला रहेको कार्यसमिति निर्वाचित भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम अध्यक्ष वीरमान मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सोसाइटीको उपाध्यक्षमा सरू राई, महासचिवमा सवनम राई र कोषाध्यक्षमा मालती राई निर्वाचित हुनु भएको छ ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा रेणुका राई, शेखर राई,राजेन राई,नेत्र राई,गोपाल राई, देव राई,भविन राई र केजिन राई रहनुभएको छ ।
समाजका अग्रणी ब्यक्तित्व मुना राई र धनकुमार राई (मणि) संरक्षक रहनुभएको सोसाईटीको अन्य सदस्यहरूमा सिमा राई, आशा राई, ईकु राई, तारा राई, रानी राई, पुनम राई, देवान राई, रोशन राई, शान्ता राई, रामकुमार राई, सुबास राई (कोत्रिक),योगेश राई, सोनिया राई, मोनी राई, श्रेया राई, शान्ति राई,सुनिल राई र देवयानी राई रहनुभएको छ ।
प्रकृति पूजक किरात राई समुदाय र मगर समुदायबीच भूमि पूजा र प्रकृति पूजा लगायत दुवै समुदायको एऊटै नयाँ वर्ष प्रचलनमा रहेको प्रमुख अतिथि अध्यक्ष मगरले बताउनु भयो ।
तामांग समाज अध्यक्ष राम लामा, महासचिव चन्द्र ब्लोन, तमु धिँ बेल्जियम उपाध्यक्ष संगीता गुरूङ, हिमालयन शेर्पा केन्द्र सल्लाहकार एलजी शेर्पा, सोनाम छिरिंग शेर्पा, विश्व मगर संघ बेल्जियम अध्यक्ष लोक राना, संघीय समाजवादी बेल्जियम अध्यक्ष नेत्र मगर, नेकपा माओवादी बेल्जियम महासचिव कल्पना मगर, तमु राष्ट्रिय मुक्ति मोर्चा युरोप इन्चार्ज मनिष गुरुङ, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ युरोप उपाध्यक्ष दिल निशानी लगायत उपस्थित हुनुहुन्थ्यो । साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनु भएको थियो ।
अतिथिहरूलाई स्वागत सम्मान मालती राई र शरू राईले गर्नु भएको अधिवेशन इन्दिरा राईले सभापतित्वमा भएको थियो । मुना राईले किरात राई सँस्कार सस्कृति बारे चर्चा गर्दै स्वागत गर्नु भएको थियो ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान