
काठमाडौँ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले तीन महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरी निर्मल पुर्जाको कीर्तिमान तोडेका छन् ।
उनीहरुले आज अन्तिम हिमाल पाकिस्तानको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को बिहान १०ः ४५ बजे सफल आरोहण गरी सो रेकर्ड कायम गरेका हुन् ।
उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गर्नुभएको आरोहणको ब्यबस्थापक कम्पनी समिट नेपाल ट्रेक्सले जानकारी दिएको छ ।
यसअघि नेपाली मूलका बेलायती आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा ती हिमालहरुको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । चार वर्षमै सो कीर्तिमान तोडिएको छ ।
हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकोमा ९२ दिनमा पूरा गरेका छन् ।
हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित