
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्न नेपाल र बेलायत सरकारबीच भइरहेको वार्ताले गति लिन नसकेपछि गोरखा भूतपूर्व सैनिकका नेताहरु नेपाली दुताबास लण्डन पुगेका छन् ।
सोमबार दुताबास पुगेर उनीहरुले सेप्टेम्बरमा समापन गर्ने लक्ष्य राखिएको वार्ता अपेक्षाअनुरुप अघि बढ्न नसकेकोमा नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अहिलेसम्म प्राविधिक समितिले गर्नुपर्ने कार्य नै नसकिएको भन्दै उनीहरुले वार्तामा किन ढिलाइ भइरहेको छ र नेपाल सरकारले वार्तालाई निरन्तर अगाडी बढाउन के कस्तो प्रयास गरिरहेको छ भन्ने बारेमा चासो राखेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपाध्यक्ष धर्मबहादुर तामाङले जानकारी दिए ।
वार्ता सफल बनाउनु नेपाल सरकारको जिम्मेवारी भएको भन्दै गोरखाहरुले प्राविधिक समितिले विषयहरु टुंगो नलाएसम्म नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक राखी गोरखाहरुको वार्तालाई नटुंग्याउन सरकारलाई अनुरोध गरेका थिए । जवाफमा राजदुत ज्ञानचन्द्र आचार्यले नेपाल सरकारले वार्ताको मितिको माग गरिरहेको बताएको पनि तामाङले जानकारी दिए ।
बैठकमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्मबहादुर तामाङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मे रि टिकेन्द्रदल देवान, गोरखा सत्याग्राहीहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घले, मेजर रि जुदबहादुर गुरुङ शोवराज गुरुङलगायत सहभागी थिए ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]