
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्न नेपाल र बेलायत सरकारबीच भइरहेको वार्ताले गति लिन नसकेपछि गोरखा भूतपूर्व सैनिकका नेताहरु नेपाली दुताबास लण्डन पुगेका छन् ।
सोमबार दुताबास पुगेर उनीहरुले सेप्टेम्बरमा समापन गर्ने लक्ष्य राखिएको वार्ता अपेक्षाअनुरुप अघि बढ्न नसकेकोमा नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अहिलेसम्म प्राविधिक समितिले गर्नुपर्ने कार्य नै नसकिएको भन्दै उनीहरुले वार्तामा किन ढिलाइ भइरहेको छ र नेपाल सरकारले वार्तालाई निरन्तर अगाडी बढाउन के कस्तो प्रयास गरिरहेको छ भन्ने बारेमा चासो राखेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपाध्यक्ष धर्मबहादुर तामाङले जानकारी दिए ।
वार्ता सफल बनाउनु नेपाल सरकारको जिम्मेवारी भएको भन्दै गोरखाहरुले प्राविधिक समितिले विषयहरु टुंगो नलाएसम्म नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक राखी गोरखाहरुको वार्तालाई नटुंग्याउन सरकारलाई अनुरोध गरेका थिए । जवाफमा राजदुत ज्ञानचन्द्र आचार्यले नेपाल सरकारले वार्ताको मितिको माग गरिरहेको बताएको पनि तामाङले जानकारी दिए ।
बैठकमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्मबहादुर तामाङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मे रि टिकेन्द्रदल देवान, गोरखा सत्याग्राहीहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घले, मेजर रि जुदबहादुर गुरुङ शोवराज गुरुङलगायत सहभागी थिए ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ