
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।
थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा उहाँहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँहरुबीचको द्विपक्षीय वार्ता उपलब्धिमूलक भएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली समकक्षीसँग फलदायी वार्ता भएको उल्लेख गर्नुभएको छ ।
भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान