
लन्डन । प्रेम गाहा मगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए) बेलायतको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध चयन हुने देखिएको छ ।
निर्वाचन समितिका संयोजक विश्वासदीप तिगेलाले शनिबार जारी गरेको सूचना अनुसार राष्ट्रिय कार्यसमिति, अन्तर्राष्ट्रिय समिति र राज्य समन्वय समितिका विभिन्न पदहरुमा करिब ५० जनाको उम्मेदवारी परेको छ ।
जुन २१ र २२ मा नयाँ कार्यसमितिका लागि चुनाव गर्ने कार्यक्रम राखिए पनि सबै पदहरुमा तोकिएको संख्यामा मात्र उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले शनिबार साँझ ४ बजेसम्म उम्मेदवारी मनोनयन तोकेको थियो ।
अधिकाशं पदहरुमा एकल उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा भने नहुने निर्वाचन समितिका संयोजक तिगेलाले बताए ।
नयाँ कार्यसमितिका लागि अध्यक्षमा प्रेम गाहा मगर र उपाध्यक्षहरुमा भरतमणी चोङवाङ, तिर्थबहादुर मल्ल (अनिल), चम्पा थापा मगर, नम्रता घले गुरुङ र अमृत घलेको उम्मेदवारी परेको छ । महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रविन गुरुङ, सहकोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राईको उम्मेदवारी परेको छ ।
त्यस्तैगरी, सदस्यहरुमा धन तामाङ, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, बृहस्पति बराल मगर, सन्तोष पौडेल, एन्डी राई, खगेन्द्र थापा मगर, तीर्थ थापा ब्रुस, असल लिम्बु र मेक्शी गुरुङको उम्मेदवारी परेको छ ।
त्यसैगरी आइसीसी सदस्यहरुमा रिचर्ड गुरुङ, विमला लिम्बु, कुमार थापा काउचा ,ओम थापा काउछा, अर्चना गुरुङ, फुलप्रसाद कँडेल, भक्त दर्जी र प्रवेश केसीको उम्मेदवारी परेको छ ।
राज्य परिषदअन्तर्गत वेल्सको अध्यक्षमा मोती प्रसाद पुन, उपाध्यक्ष दीपक सुब्बा, सचिव रामु सारु, सहसचिवमा श्रीराम थापा मगर, कोषाध्यक्षमा रत्न राई र सहकोषाध्यक्षमा पदम पुनको उम्मेदवारी परेको छ । सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र लिम्बु, सीता गुरुङ, युवराज पुन, सुवास राई, कल्पना लिम्बु र भोजनारायण लिम्बुको उम्मेदवारी परेको छ ।
राज्य परिषद स्कटल्याण्ट र नर्दन आयरल्याण्डका लागि कसैको पनि उम्मेदवारी परेको छैन भने इङल्याण्ड राज्य समन्वय परिषदको पनि नामावली सार्वजनिक गरिएको छैन ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचिन समितिले २२ तारिखमा अल्डरसटमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा