
लण्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स (सोने) युकेले पर्यावरणका लागि इन्जिनियरिङ विषयक एक दिने सम्मेलन आयोजना गरेको छ ।
जुलाई ८ तारिखका दिन लण्डनमा आयोजना गरिएको सो सम्मेलनको सहआयोजक नेपाल इन्जिनियर्स एसोसिएसन रहेको थियो ।
सोसाइटीले आयोजना गरेको यस आठौँ श्रृंखलामा बेलायतका विभिन्न भागबाट करिब ६५ जना इन्जिनियरहरु सहभागी थिए ।
सम्मेलनको उद्घाटन बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गरेका थिए । सो अवसरमा राजदुत आचार्यले नेपालको विकास र दीगो अभ्यासका लागि सम्मेलनमा आदानप्रदान हुने ज्ञान, प्रविधि हस्तान्तरण, इन्जिनियर र नीति निर्माताबीच सोचाइको आदानप्रदान महत्वपूर्ण हुने बताए ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा हरिबहादुर दर्लामी मगर र महासचिव रविभूषण झा पनि सो सम्मेलनमा सहभागी थिए ।
सोने युकेका अध्यक्ष रुद्र कोइरालाको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । महासचिव रविचन्द्र कोइरालाले अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए । दोस्रो र तेस्रोमा की नोट स्पीच तथा प्राविधिक पत्रहरु प्रस्तुत गरिएको थियो ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष दर्लामीमगरले काठमाडौँ उपत्यकामा विद्युतीय यातायातका बारेमा कि नोट स्पीच दिएका थिए । सम्मेलनमा छ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमा काठमाडौँमा पैदलयात्रीले बाटो काट्ने तरिका, प्रदुषण र हरित ग्याँस उत्सर्जन नियन्त्रणका लागि निर्माण क्षेत्रमा विद्युतीय औजारको प्रयोग, बायोग्याँस उर्जाको नेपालमा भविष्य, नेपालको जलविद्युत क्षेत्रमा आर्कमिडिज स्क्रु टवाईनको व्याबहारिक पाटो लगायतका रहेका थिए । ती कार्यपत्र सोने युकेको वेभसाइटमा पनि हेर्न सकिने छ ।
सम्मेलनका संयोजक तथा सोने युकेका उपाध्यक्ष हरि नेपालले आगामी दिनमा विश्वभरका नेपाली इन्जिनियर र प्राज्ञिकहरुका बीचमा सोचको आदानप्रदान गर्ने बारेमा जोड दिएका थिए ।
हरेक कार्यपत्रका बारेमा प्रश्नोत्तर गरिएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा