
लण्डन । बेलायतमा सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूको तलव बढ्ने भएको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले बिहीबार गर्नुभएको घोषणाअनुसार समग्रमा ६ प्रतिशतले तलव भएको छ । स्वतन्त्र तलव पुनरावलोकनकर्ताहरूको सुझावअनुसार बेलायत सरकारले सो निर्णय गरेको हो ।
बेलायती अर्थमन्त्री जेरेमी हन्टले सरकारको सो निर्णय कार्यान्वयन गर्दा थप आन्तरिक ऋण लिइरहनु नपर्ने बताएका छन् ।
बिहीबारको घोषणाअनुसार स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्नेहरूको ६ प्रतिशत, शिक्षकहरूको ६.५ प्रतिशत, प्रहरीको ७ प्रतिशत, सशस्त्र सेवामा काम गर्नेहरूले ५ प्रतिशत (१ हजार पाउण्ड एकमुष्ट पे) र कनिष्ठ चिकित्सकहरूको ६ प्रतिशत ( १ हजार २५० पाउण्ड एकमुष्ट पे) वृद्धि हुनेछ ।
बेलायतमा चर्को मुद्रास्फितिअनुसार तलवमान वृद्धि नभएको कारण देखाउँदै विभिन्न क्षेत्रका कामदारहरू हडतालमा उत्रिएका छन् । उनीहरूले सरकारको नयाँ प्रस्तावलाई सदस्यहरूमाझ निर्णयार्थ लैजाने बताएका छन् ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस