
लण्डन । नेपालका विख्यात नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई बेलायतको एक विश्व विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ ।
बेलायतको एङ्गिला रस्किन विश्वविद्यालयले मङ्गलबार क्याम्ब्रिजमा आयोजित कार्यक्रममा डा रुइतलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।
विश्वविद्यालयका उपकुलपति प्रोफेसर रोड्रिक वाटकिन्सले डा रुइतलाई मानार्थ विद्यावारिधि प्रदान गरेका हुन् ।
प्रख्यात नेत्र रोग विशेषज्ञ रुइत हिमालयन क्याटर्याक्ट प्रोजेक्ट र तिलगंगा अस्पतालको संस्थापक हुन् । उनले हालसम्म करिब १ लाख ५० हजार मानिसहरुलाई दृष्टि दिइसकेका छन् ।
उनले सन २०२१ मा तेज कोहलीसित मिलेर तेज कोहली तथा रुइत फाउण्डेसन सेथाना गरेका छन् । जसबाट सन् २०२६ सम्ममा १० लाख मानिसहरूको आँखा परीक्षण गर्ने र ३ लाख मानिसको मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।
सो विश्वविद्यालयबाट करिब २ हजार ५०० विद्यार्थी यसवर्ष दीक्षित भएका छन् भने रुइतसँगै अरु दुई जनालाई पनि मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा