
अल्डरशट । फ्रेण्डस् अफ कियोच (काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ) ले नेपालमा निर्माण गर्न लागेको बाल अस्पतालहरुको सहयोगार्थ बेलायतमा एक च्यारिटी साँझ आयोजना गरिएको छ।
शनिबार बेलुका एम्पायर हलमा आयोजित च्यारिटी डिनरमा विभिन्न संघसंस्था तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता थियो।
उक्त च्यारिटी डिनरलाई सम्बोधन गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) का अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाले नेपालमा गत १५/२० वर्षमा स्वास्थ्य क्षेत्रमा सुधार आएता पनि अहिले पनि ठूलो संख्यामा बालबालिकाहरुको नसर्ने रोगका कारण मृत्यु भइरहेको जानकारी दिए। यसलाई न्यूनीकरण गर्न र बालबालिकाको ज्यान जोगाउन साथीहरुसंग मिलेर आफूले यो अभियान शुरु गरेको उनले बताए ।
आफ्नो भ्रमणका क्रममा बेलायतवासी नेपाली समुदायबाट पाएको स्नेहप्रति उनले आभार व्यक्त गरे। “तपाईंहरु सबै मनकारी हुनुहुन्छ। धनले मात्रै हैन, आफूसँग भएको सीप, अनुभव र नेटवर्कमार्फत पनि हामीलाई सहयोग गर्न सक्नु हुन्छ,” उनले भने।
उक्त समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा गएको केही दशकयता शिक्षा, स्वास्थ्य, यातायात तथा संचारको क्षेत्रमा निकै प्रगति भएको तर अझै धेरै काम गर्न बांकी रहेको बताए। राजदूत आचार्यले परोपकार र सामाजिक सेवामा विश्वास गर्ने डा कोइराला गर्व गर्न लायक नेपालको व्यक्तित्व भएको बताउंदै भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाको स्वास्थ्य उपचार जस्तो सत्कार्यमा सघाउन सबैलाई आग्रह पनि गरे।
सोही कार्यक्रममा नेप्लिज डक्टर्स एसोसियशन युके र कियोचबीच तालिम, सीप हस्तान्तरण लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी एक समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको थियो। हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा रजिस्टर्ड नर्सको रुपमा कार्यरत उत्साह बस्नेतले आफू तीन वर्षको हुँदा डा कोइरालाले आफ्नो ‘ओपन हर्ट सर्जरी’ गरेको बताइन्। उनकै प्रेरणाले आफू स्वास्थ्य क्षेत्रमा लागेको पनि उनले जनाइन्।
कार्यक्रममा निर्माणाधीन बाल अस्पताल परियोजनाका लागि नेप्लिज डक्टर्स एसोसियशन युकेको तर्फबाट अध्यक्ष डा कमल अर्यालले ५,००५ पौण्ड तथा तमु धी युकेको तर्फबाट अध्यक्ष हरि गुरुङले रु एक लाख सहयोग प्रदान गरे। त्यस्तै डा कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ का केही प्रति बिक्री गरिएको थियो भने राफल पनि खेलाइएको थियो। राफलको संयोजन ग्रेटर नेप्लिज रेडिंग सोसाइटीका अध्यक्ष भीमसेन खड्काले गरेका थिए।
कार्यक्रममा वरिष्ठ नर्स प्रसुना कडेल तथा सनम बैरागले ‘मेरो मुटु’ नामक एकांकी नाटक प्रदर्शन गरेका थिए भने बेलायतस्थित चर्चित कलाकारहरु शर्मिला बर्देवा, सितु खरेल, डा सुदर्शन गुरुङले सुमधुर गीत सुनाएका थिए। त्यस्तै रफी श्रेष्ठले बाँसुरीवादन गरिन् भने सोयन्ता थापा र गुञ्जन जीसीले नृत्य प्रस्तुत गरेका थिए।
फ्रेन्ड्स अफ कियोच युकेका संयोजक ओजेश सिंह तथा सहसंयोजक लक्ष्मी राई (लारा) ले सबैलाई धन्यवाद दिए। एक साता लामो बेलायतको भ्रमण सकेर डा कोइराला आइतबार स्वदेश फर्केका छन्।
(तस्बिर: मिलन तमु)
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप