
लण्डन । बेलायतमा गोरखाहरुको अत्यधिक बसोबास रहेको रसमोर काउन्सिलले सो काउन्सिलमा बसोबासरत गोरखा भूतपूर्व सैनिकहरूले भोगिरहेका समस्याका बारेमा बेलायत सरकारलाई पत्राचार गर्ने भएको छ ।
गत मेमा भएको स्थानीय निर्वाचनपछि बसेको काउन्सिलको पहिलो बैठकले सो निर्णय गरेको हो ।
बैठकमा लेबर पार्टीका काउन्सिलर धनबहादुर सार्कीले सो प्रस्ताव राखेका थिए भने कन्जरभेटिभ पार्टीका काउन्सिलर नेमबहादुर थापाले समर्थन गरेका थिए । सार्की र थापा दुवै पूर्व गोरखा सैनिक हुन् ।
सो प्रस्तावलाई काउन्सिलको बैठकमा निर्णयार्थ प्रस्तुत नगरी सर्वसम्मतले पारित गरिएको काउन्सिलर थापाले जानकारी दिए ।
पारित प्रस्तावअनुसार रसमोर काउन्सिलले सो क्षेत्रमा बसोबास गरिरहेका पूर्व गोरखा सैनिकहरूलाई आवास, पेन्सन क्रेडिट, स्थानीय समाजमा समायोजनलगायतका क्षेत्रमा परिरहेका समस्याहरुका बारेमा छानविन गर्नेछ ।
खासगरी सन् १९४८ देखि १९९७ को बीचमा सेवा निवृत्त भएका गोरखा भूतपूर्व सैनिकहरुले कम निवृत्तीभरण पाएको, मानसिक तथा र शारीरिक स्वास्थ्य समस्या भोग्नुपरेको र गरिबीका कारण उनीहरूको जीवन कष्टकर बनेकोले सो छानबिन गर्न लागिएको बताइएको छ । उनीहरूका समस्या समाधान गर्न काउन्सिलले अपनाएका उपायहरू पर्याप्त भए नभएको र थप कदमका लागि के गर्नुपर्ने लगायतका विषय पनि छानविनमा उठाइने बताइएको छ ।
रसमोर क्षेत्रमा वयोवृद्ध गोरखा सैनिकहरूको बाक्लो बसोबास रहेको छ । सो काउन्सिलमा नेपाली काउन्सिलरहरू निर्वाचित भएपछि काउन्सिलले गोरखाहरूप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्दै गएको छ । यसअघि गोरखाहरू समान पेन्सनको माग गर्दै बेलायती प्रधानमन्त्रीको कार्यालयअघि आमरण अनसन बस्दा पनि सो काउन्सिलले बेलायत सरकारलाई समस्या समाधानमा ध्यान दिन पत्राचार गरेको थियो ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट