
लण्डन । बेलायतमा गोरखाहरुको अत्यधिक बसोबास रहेको रसमोर काउन्सिलले सो काउन्सिलमा बसोबासरत गोरखा भूतपूर्व सैनिकहरूले भोगिरहेका समस्याका बारेमा बेलायत सरकारलाई पत्राचार गर्ने भएको छ ।
गत मेमा भएको स्थानीय निर्वाचनपछि बसेको काउन्सिलको पहिलो बैठकले सो निर्णय गरेको हो ।
बैठकमा लेबर पार्टीका काउन्सिलर धनबहादुर सार्कीले सो प्रस्ताव राखेका थिए भने कन्जरभेटिभ पार्टीका काउन्सिलर नेमबहादुर थापाले समर्थन गरेका थिए । सार्की र थापा दुवै पूर्व गोरखा सैनिक हुन् ।
सो प्रस्तावलाई काउन्सिलको बैठकमा निर्णयार्थ प्रस्तुत नगरी सर्वसम्मतले पारित गरिएको काउन्सिलर थापाले जानकारी दिए ।
पारित प्रस्तावअनुसार रसमोर काउन्सिलले सो क्षेत्रमा बसोबास गरिरहेका पूर्व गोरखा सैनिकहरूलाई आवास, पेन्सन क्रेडिट, स्थानीय समाजमा समायोजनलगायतका क्षेत्रमा परिरहेका समस्याहरुका बारेमा छानविन गर्नेछ ।
खासगरी सन् १९४८ देखि १९९७ को बीचमा सेवा निवृत्त भएका गोरखा भूतपूर्व सैनिकहरुले कम निवृत्तीभरण पाएको, मानसिक तथा र शारीरिक स्वास्थ्य समस्या भोग्नुपरेको र गरिबीका कारण उनीहरूको जीवन कष्टकर बनेकोले सो छानबिन गर्न लागिएको बताइएको छ । उनीहरूका समस्या समाधान गर्न काउन्सिलले अपनाएका उपायहरू पर्याप्त भए नभएको र थप कदमका लागि के गर्नुपर्ने लगायतका विषय पनि छानविनमा उठाइने बताइएको छ ।
रसमोर क्षेत्रमा वयोवृद्ध गोरखा सैनिकहरूको बाक्लो बसोबास रहेको छ । सो काउन्सिलमा नेपाली काउन्सिलरहरू निर्वाचित भएपछि काउन्सिलले गोरखाहरूप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्दै गएको छ । यसअघि गोरखाहरू समान पेन्सनको माग गर्दै बेलायती प्रधानमन्त्रीको कार्यालयअघि आमरण अनसन बस्दा पनि सो काउन्सिलले बेलायत सरकारलाई समस्या समाधानमा ध्यान दिन पत्राचार गरेको थियो ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]