
लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको ।
आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रमका सरिक हुन महासचिव पुरी शनिबार साँझ बेलायत आइपुग्दै हुनुहुन्छ ।
शाखाको १२ औँ वार्षिकोत्सवको अवसर पारेर शाखाले सोही दिन एक च्यारिटी डिनरको पनि आयोजना गरेको छ । च्यारिटीबाट संकलित रकम बेलायत तथा नेपालका पत्रकारहरुको व्यावसायिक सीप अभिवृद्धिका लागि खर्च गरिने शाखाले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका नेपाली समुदायका अभियन्ता, संघसंस्थाका अग्रजहरुको उपस्थिति रहनेछ भने गायक धिरज राई लगायतका कलाकारहरुले मनोरञ्जन दिलाउनेछन् ।
सोही दिन शाखाले हरेक वर्ष प्रदान गर्दै आएको एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।
वार्षिकोत्सवका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोसन पुरी दुवैलाई निमन्त्रणा गरिएको भए पनि अध्यक्ष पोखरेल भने प्राविधिक कारणले केही समयपछि मात्र बेलायत आउनुहुने भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा