
लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर एनआरएनए आइसीसीविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
आफू निर्वाचित अध्यक्ष हुँदाहुँदै एनआरएनए आइसिसीले पूर्वाग्रही ढंगबाट हटाइ अर्कैलाई अध्यक्ष बनाएपछि गाहामगरले अपचलन भएको ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स रकम तत्काल फिर्ता उच्च अदालतमा चुनौती दिएका थिए । तर हिजो उच्च अदालतले उनको रिट खारेज गरेपछि गाहामगर सर्वोच्च जाने भएका हुन् ।
‘नेपालको न्यायालय बिक्दैन भन्ने आशा लिएर म सर्वोच्च जान्छु’, गाहामगरले भने, ‘उच्च अदालतको पूर्ण पाठ आउन २० दिन जति लाग्ने रहेछ । त्यसपछि म सर्वोच्च अदालत जानेबारे मेरा कानूनविद्हरुसँग सल्लाह गरिसकेको छु ।’
एनआरएनए पदाधिकारीले पटक-पटक पेशी सारेपछि त्यहाँ चलखेल हुने आशंका आफूलाई पहिल्यै भइसकेको भन्दै अध्यक्ष गाहामगरले यो लडाईं नटुंगिएसम्म पछाडि नहट्ने बताए ।’म आफ्नै खर्चमा उच्च अदालत गएँ, अब सर्वोच्च जान्छु । तर भ्रष्ट एनआरएनका टिकेहरु संस्थाको पैसामा हालीमुहाली गरेका छन्’, उनले आक्रोश पोखे ।
गाहामगरले केही महिनाअघि गैरआवासीय नेपाली संघले आफूलाई गैरकानूनी रुपमा वर्खास्त गरेको भन्दै अध्यक्ष कुल आचार्य, रविना थापा, डा. बद्री केसी, महासचिवद्धय डा. केशव पौडेल, गौरीराज जोशी र गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
एनआरएनए केन्द्रकै आधिकारिताबारे मुद्दा विचाराधीन रहेकाले उसको निर्देशन आफूमात्र होइन, बेलायतका पञ्जीकृत सदस्यहरुले समेत नमान्ने उनले बताए ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट