
लण्डन । पर्वतारोहण र साहसिक खेलका माध्यमबाट अपाङ्गता एउटा सोच मात्र हो, सबलाङ्गहरुले गर्न सक्ने सबै काम अपाङ्ता भएका ब्यक्तिले पनि गर्न सक्छन् भन्ने सचेतना फैलाउँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही हरि बुढामगरलाई बेलायती प्रधानमन्त्रीका तर्फबाट ‘पोइन्ट अफ लाइट’ अवार्ड प्रदान गरिएको छ ।
सशस्त्र बल दिवस (आम्र्ड फोर्सेस डे) को अवसरमा बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा आयोजित कार्यक्रममा भेटेरान्स मन्त्री जोनी मर्सरले सो अवार्ड प्रदान गरेका थिए । सो अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनककी पत्नि अक्षता मूर्ति पनि उपस्थित थिइन् ।
सो अवसरमा बोल्दै बुढामगरले, ‘पोइन्ट अफ लाइट’ अवार्डद्वारा सम्मानित हुनु गौरवको कुरा भएको बताए । सगरमाथा आरोहण कुनै कीर्तिमान, सम्मान, अवार्ड र पुरस्कारको लागि नभई समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने प्रयासस्वरुप र सबै मानिसहरूलाई ‘आफ्नो हिमाल चढ्न’ उत्प्रेरणा जगाउन गरिएको बताए ।
कीर्तिमानी आरोही बुढामगरले विभिन्न च्यारिटी र सामाजिक कार्यमा पनि उल्लेख्य सहयोग र योगदान दिंदै आएका छन् ।
हालसम्म गोर्खा वेलफेयर ट्रस्टलगायत सशस्त्र बल परोपकारी संस्थाका लागि ११ हजार पाउण्डभन्दा बढी सङ्कलन गरिसकेका छन् र आगामी वर्षहरूमा सगरमाथा आरोहणबाट विकसित प्लेटफर्ममार्फत ८ लाख ८४ हजार ९०० पाउण्ड (सगरमाथाको उचाइमा दुई वटा शुन्य थपेर) उठाउने लक्ष्य राखेका छन् ।
बेलायतमा ‘पोइन्ट अफ लाइट’ अवार्ड असाधारण काम गरेर समुदायलाई राम्रो बनाउने र सकारात्मक परिवर्तन गर्न समर्पितहरुलाई दिइने गरिन्छ ।
सन् २०१४ बाट सो अवार्ड दिन शुरु गरिएकोमा हालसम्म २ हजार ७१ जना सो अवार्डबाट सम्मानित भएका छन् । जसमा हरि बुढामगर २ हजार ७० औँ व्यक्ति भएका छन् ।
यो अवार्ड पाउने बुढा मगर सम्भवत पहिलो नेपाली मूलका व्यक्ति हुन्।



नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा