
लण्डन । बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमा सबैभन्दा लामो हडतालको घोषणा गरेका छन् ।
परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ बजेदेखि जुलाई १८ सम्म पाँच दिनका लागि सेवामा हाँजिर नहुने ‘ब्रिटिश मेडिकल एशोसिएशन’ले जनाएको छ ।
एनएचएसले आफ्नो ७५ औं वार्षिकोत्सव मनाएको केही समयपछि सरकारले पाँच प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको विरोधमा यसै महिना ७२ घण्टे हडताल भएको थियो ।
प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले नयाँ हडताल ‘अत्यन्त निराशाजनक’ भएको बताउनुभएको छ ।
“यसले बिरामीको सुरक्षा र प्रतिक्षा सूची कटौती गर्ने हाम्रो प्रयासलाई जोखिममा पार्छ,” उहाँले पत्रकारहरूसँग भन्नुभयो ।सरकारको प्रस्ताव ‘निष्पक्ष र उचित’ थियो ।
तर चिकित्सकहरूले विगत १५ वर्षमा वास्तविक रूपमा २६ प्रतिशत तलब ‘कटौती’ भएको बताएका छन् ।
उनीहरू तलब सन् २००८–२००९ को स्तरमा फर्काउन चाहन्छन् तर सरकारले यसको अर्थ यो वर्ष औसत ३५ प्रतिशत तलब गर्नुपर्ने र र यो निकै महँगो हुने बताएको छ ।
बीएमए कनिष्ठ चिकित्सक समितिका संयुक्त अध्यक्ष रोबर्ट लरेन्सन र विवेक त्रिवेदीका अनुसार सरकारले एनएचएसको पतन चाहेको देखिन्छ ।
उनीहरूले बीएमए सर्वेक्षणलाई जोड दिएका छन् जसमा लगभग दुई हजार कनिष्ठ चिकित्सकमध्ये आधाभन्दा बढी (५३ प्रतिशत) ले विगत चार महिनामा विदेश जाने प्रस्तावहरू प्राप्त गरेका थिए ।
अस्ट्रेलिया दक्षिणी राज्यको सरकारले ‘पिकेट लाइन’मा पठाइने विज्ञापन ट्रकका लागि समेत पैसा तिरेको र चिकित्सकले बसाइँ सराइ गरेको खण्डमा राम्रो तलब दिने बताएको उनीहरूको दाबी छ ।
लरेन्सन र त्रिवेदीले सरकारले तलबको विषयमा वार्ता पुनः सुरु गर्न अस्वीकार गरेको र ‘एनएचएसको इतिहासमा चिकित्सकहरूले गरेको सबैभन्दा लामो सेवा बहिस्कार’ गर्न बाध्य भएको बताएका छन् ।
यदि सरकारले तलब बहालीका लागि ‘विश्वसनीय प्रस्ताव’ ल्यायो भने हडताल टार्न सकिने उनीहरूले बताएका छन् ।
चिकित्सक, नर्स र अन्य मेडिकल स्टाफले मुद्रास्फीतिभन्दा कम तलब वृद्धि र अवस्थालाई लिएर हडतालको शृङ्खलाले बिरामीको हेरचाहमा असर पारेको छ, जसले नियुक्तिहरू रद्द गर्न वा पुनर्निर्धारित गर्न बाध्य बनाएको छ ।
स्वास्थ्य अधिकारीहरूले हडतालले वर्षौंको कम–कोष, कर्मचारी, र कोभिड महामारीको कारण उपचारमा ठूलो अभावलाई हटाउन संघर्ष गरिरहेको समय सेवालाई थप अवरुद्ध गरेको बताएका छन् ।
एनएचएसले जुलाई ६ मा आफ्नो ७५ औँ वर्षगाँठ मनाएको छ । सन् १९४८ मा नागरिकको ‘जन्मदेखि मृत्युसम्म’ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित यसको स्थापना गरिएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा