
विराटनगर । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना पूर्व बेलायती गोरखा सैनिकलाई पक्राउ गरेको छ ।
बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो ।
मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनादिएको प्रहरीको आरोप छ । बेलायतमा बसोबास गर्नका लागि पठाउन भन्दै पैसा लिएर नागरिकता बनाइदिएको प्रहरीको दाबी छ ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको बताए । उनका अनुसार वृद्धका आफ्नै सन्तान भने दुई जना मात्रै छन् । तीन जना पुरुषलाई बेलायत बसोबासका लागि पठाउनका लागि बुबा बनेर नागरिकता बनाइदिएको देखिएपछि म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए । अनलाइनखर डटकमबाट
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक