
लन्डन । पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नवौं विश्व योग दिवसको अवसरमा बेलायतका विभिन्न शहरहरुमा योग सत्र संचालन गर्ने भएका छन्।
आयोजकहरुका अनुसार आचार्य बालकृष्णले बिहीबार, २२ जूनमा ब्लु रुम, ह्यारो; शनिबार, २४ जुनमा नटिंगघम र सोमबार, २६ जुनमा ग्लास्गोस्थित एमिरेट्स एरेनामा योग सत्रहरु संचालन गर्ने छन्।
ती कार्यक्रमहरुबारे जानकारी दिन शनिबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पतंजली योग पीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले आचार्य बालकृष्णजीले आफूले लेखन तथा सम्पादन गरेका वनस्पति शास्त्र सम्बन्धी पुस्तकहरु क्यु गार्डन तथा एडिनबरास्थित रोयल बोटानिक गार्डनलाई आफैँ प्रदान गर्ने कार्यक्रम रहेको बताइन्। उनले नेपाली समुदायबीच सेवा, संस्कार, सम्पर्क, समर्पण र सहयोग वृध्दि गर्ने उद्देश्यले बेलायतमा स्थापना गर्न लागिएको हाम्रो स्वाभिमान ट्रष्ट युके शाखा पनि आचार्य बालकृष्णजीको समुपस्थितिमा घोषणा गरिने जानकारी दिइन्। उनले ती कार्यक्रमहरुमा बालबालिका तथा किशोर किशोरीलाई पनि साथै लिएर आउन आग्रह गरिन्।
पत्रकार सम्मेलनको संचालन हाम्रो स्वाभिमान ट्रष्ट युके तदर्थ समितिका महासचिव अर्जुन कटुवालले गरेका थिए भने तदर्थ समितिका संयोजक रोहित गुरुङले सहभागी पत्रकारहरुलाई धन्यवाद दिएका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा