
लन्डन । पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नवौं विश्व योग दिवसको अवसरमा बेलायतका विभिन्न शहरहरुमा योग सत्र संचालन गर्ने भएका छन्।
आयोजकहरुका अनुसार आचार्य बालकृष्णले बिहीबार, २२ जूनमा ब्लु रुम, ह्यारो; शनिबार, २४ जुनमा नटिंगघम र सोमबार, २६ जुनमा ग्लास्गोस्थित एमिरेट्स एरेनामा योग सत्रहरु संचालन गर्ने छन्।
ती कार्यक्रमहरुबारे जानकारी दिन शनिबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पतंजली योग पीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले आचार्य बालकृष्णजीले आफूले लेखन तथा सम्पादन गरेका वनस्पति शास्त्र सम्बन्धी पुस्तकहरु क्यु गार्डन तथा एडिनबरास्थित रोयल बोटानिक गार्डनलाई आफैँ प्रदान गर्ने कार्यक्रम रहेको बताइन्। उनले नेपाली समुदायबीच सेवा, संस्कार, सम्पर्क, समर्पण र सहयोग वृध्दि गर्ने उद्देश्यले बेलायतमा स्थापना गर्न लागिएको हाम्रो स्वाभिमान ट्रष्ट युके शाखा पनि आचार्य बालकृष्णजीको समुपस्थितिमा घोषणा गरिने जानकारी दिइन्। उनले ती कार्यक्रमहरुमा बालबालिका तथा किशोर किशोरीलाई पनि साथै लिएर आउन आग्रह गरिन्।
पत्रकार सम्मेलनको संचालन हाम्रो स्वाभिमान ट्रष्ट युके तदर्थ समितिका महासचिव अर्जुन कटुवालले गरेका थिए भने तदर्थ समितिका संयोजक रोहित गुरुङले सहभागी पत्रकारहरुलाई धन्यवाद दिएका थिए।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन