
लण्डन । पासा पुचः गुथी युकेमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चुनिएको छ ।
शनिबार लण्डनमा सम्पन्न साधारणसभाले सुशील प्रजापतिको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षत्रयमा रुक्मिनी मानन्धर, दिब्य महर्जन, विजयमान डंगोल, महासचिवमा नगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रजनी श्रेष्ठ, सहसचिव प्रजेश श्रेष्ठ, लिसा दली श्रेष्ठ र सहकोषाध्यक्षमा श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा सविता मानन्धर, मधुसूदन कायस्थ, सचेतन तुलाधर, यादव श्रेष्ठ, रमेश श्रेष्ठ, माधवलाल श्रेष्ठ, सोनी श्रेष्ठ, सुरोज मास्के, केशव श्रेष्ठ, चरन प्रधान, सकिला मानन्धर चुनिएका छन् ।
साधारणसभामा गुथीका विभिन्न शाखाबाट करिब १०० जनाको उपस्थिति रहेको थियो ।
साधारणसभाको उद्घाटन संस्थापक सदस्य अमृत स्थापित, बालमुकुन्दप्रसाद जोशी र अध्यक्ष ओजेश सिंहले पानसमा बत्ती बालेर गरेका थिए ।
सो अवसरमा गुथीको नयाँ वेभसाइट पनि उद्घाटन गरिएको थियो भने सात जना संस्थापक, सात जना लामो समयदेखि सेवा गरिरहेका सदस्यहरु, पाँच सल्लाहकारहरु र १७ जना गुथीका सदस्यलाई उहाँहरुको योगदानका लागि सम्मानित गरिएको थियो । यसरी सम्मानित हुने सात संस्थापकहरुमा अमृत स्थापित, महन्थ श्रेष्ठ, शशी मानन्धर, बालमुकुन्द जोशी, उत्तम अमात्य, अर्जुन प्रधान र धर्म शाक्य रहेका छन् ।
यस्तै, लामो समयदेखि सेवा गर्ने सदस्यहरुमा कुमार श्रेष्ठ, मनिष श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जानकी श्रेष्ठ, कपिल श्रेष्ठ, राजन मल्ल र केशव श्रेष्ठ सम्मानित भएका छन् भने यस्तै सल्लाहकारहरु सचेतन तुलाधर, यादव श्रेष्ठ, शिवजी श्रेष्ठ, कपिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन् ।
यसैगरी, रथ बनाउन, धिमे कक्षा, नेपाल लिपिको कक्षा, नेपाल भाषा कक्षा, आइटी, वेभसाइट, इही लगायतका क्षेत्रमा योगदान गर्नेहरुलाई पनि सम्मान गरिएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि बालमुकुन्द जोशीको संयोजकत्वमा ओजेश सिंह, अमृत स्थापित, सचेतन तुलाधर, शिवजी श्रेष्ठ, मदनमान श्रेष्ठ रहेको निर्वाचन समिति बनाइएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक जोशी, संस्थापक अमृत स्थापित, शिवजी श्रेष्ठ, मनिष श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम