
लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको भिक्टोरिया दिवसमा ट्रेडिङ कप जित्न सफल भएको छ ।
शनिबार अल्डरसट टाउनमा आयोजना गरिएको सो भिक्टोरिया दिवसमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले सो कप जितेको अध्यक्ष मन गुरुङले जानकारी दिए ।
उनले कम्युनिटीको २० वर्षकै इतिहासमा यस्तो कप पहिलोपटक जितेको प्रतिक्रिया दिए । उनका अनुसार समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई सो कप दिइने गरिएको छ । कप पाएसँगै सो काउन्सिलमा रहेको नेपालीको घना बस्तीलाई प्रतिनिधित्व गर्ने कम्युनिटीले गरिरहेको कार्यको कदर भएको उनले बताए ।
करिब ६०० मानिस सहभागी सो दिवसमा आधा संख्या त नेपाली समुदायको मात्र थियो । मद्दत समूह, गोर्खा आमा समूह अल्डरसट एम्पायर हल, लमजुङ समाज युके, गोर्खा आमा समूह अल्डरसट भेटघाट, तमुधीँ युके, किरात राई यायोक्खा युके, किरात याक्थुङ चुम्लुङ युके, मगर संघ युके रसमोर शाखा, बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युके, नव युवा, पासा पुचः गुठी रसमोर आदिले भाग लिएका थिए ।
उक्त कार्यक्रममा कम्युनिटीको तपÞर्mबाट उपाध्यक्ष मिया डंगोल केसीले संयोजन गरेकी थिइन् भने जेनी अठरटनले रसमोर बोरो काउन्सिलको तपÞर्mबाट संयोजन गरेकी थिइन् । कम्युनिटीले दुई वटा स्टल राखेको थियो भने तीन वटा नेपाली सँस्कृति झल्काउने प्रस्तुति गरेको थियो । दिवसमा दुई जना १०४ देशमा साइकल यात्रा गरेको नेपाली साइकलयात्रीले पनि भाग लिएका थिए ।
बेलायतकी पूर्व महारानी भिक्टोरियाको जन्म दिनको उपलक्ष्यमा काउन्सिलले हरेक वर्ष भिक्टोरिया दिवस मनाउने गर्छ ।
कम्युनिटीका अध्यक्ष मन गुरुङले भिक्टोरिया दिवसमा सहयोग पुर्याउनु हुने नेपाली दाजुभाइ, दिदीबहिनी, आमा बुबाहरुलाई विसेष धन्यवाद दिए ।

नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन