
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले खेन्पो वागीन्द्र शीलको स्वागत गरेको छ ।
आइतबार ४ जुनका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, टुल्कु गुरु जिग्मे सामतेन, खेन्पो गुरु फुर्तेम्बा, आमा प्रमुख उर्मिला गुरुङलगायत भक्तजनहरुले बौद्ध परम्परानुसार खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रमको शुरुवातमा बीसीसी युकेका आमाहरुले शुभमंगल पाठ वाचन गर्दै खेन्पो वागिन्द्र शील गुरुको स्वागत गरेका थिए । त्यस्तै, अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी युकेको बारेमा जानकारी गराउँदै त्रियान धर्म संघ काठमाण्डौंका खेन्पो गुरुको बेलायत भ्रमण सफलताको कामनासहित स्वागत गरे । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुले श्रद्धेय खेन्पो गुरुलाई मण्डला अर्पण गरेका थिए ।
बौद्ध धर्ममा अन्यन्त महत्वपूर्ण पाठ मध्येका एक दोमाङ्ग पाठलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन समेत गरेका खेन्पो वागीन्द्र शीलले सो दोमाङ्ग पुस्तकको उपयोगिताबारे चर्चा गरे । सो अवसरमा खेन्पो वागीन्द्र शीलले दोमाङ्ग भित्र रहेका पाठहरुकोे महत्व, अध्ययन, विधि र अनुशासनबारे जानकारी गराएका थिए । साथै, उनले आफैँद्वारा अनुवादित “कर्म हेतु फल” नामक पुस्तकबारे पनि चर्चा गरेका थिए । सँगसँगै उनले भक्तजनहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई समेत सहज ढंगले मेटाएका थिए ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टी तथा औपचारिक कार्यक्रम संचालन, कोषाध्यक्ष मेजर शंकर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङलगायत आमाहरुको विशेष उपस्थिति रहेको थियो ।

नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन