
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले खेन्पो वागीन्द्र शीलको स्वागत गरेको छ ।
आइतबार ४ जुनका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, टुल्कु गुरु जिग्मे सामतेन, खेन्पो गुरु फुर्तेम्बा, आमा प्रमुख उर्मिला गुरुङलगायत भक्तजनहरुले बौद्ध परम्परानुसार खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रमको शुरुवातमा बीसीसी युकेका आमाहरुले शुभमंगल पाठ वाचन गर्दै खेन्पो वागिन्द्र शील गुरुको स्वागत गरेका थिए । त्यस्तै, अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी युकेको बारेमा जानकारी गराउँदै त्रियान धर्म संघ काठमाण्डौंका खेन्पो गुरुको बेलायत भ्रमण सफलताको कामनासहित स्वागत गरे । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुले श्रद्धेय खेन्पो गुरुलाई मण्डला अर्पण गरेका थिए ।
बौद्ध धर्ममा अन्यन्त महत्वपूर्ण पाठ मध्येका एक दोमाङ्ग पाठलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन समेत गरेका खेन्पो वागीन्द्र शीलले सो दोमाङ्ग पुस्तकको उपयोगिताबारे चर्चा गरे । सो अवसरमा खेन्पो वागीन्द्र शीलले दोमाङ्ग भित्र रहेका पाठहरुकोे महत्व, अध्ययन, विधि र अनुशासनबारे जानकारी गराएका थिए । साथै, उनले आफैँद्वारा अनुवादित “कर्म हेतु फल” नामक पुस्तकबारे पनि चर्चा गरेका थिए । सँगसँगै उनले भक्तजनहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई समेत सहज ढंगले मेटाएका थिए ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टी तथा औपचारिक कार्यक्रम संचालन, कोषाध्यक्ष मेजर शंकर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङलगायत आमाहरुको विशेष उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]