
काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।” पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन