
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताउनुभएको छ ।
प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीलाई मर्यादित, सम्मानित र सुरक्षित गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
“खुला अर्थतन्त्र र विश्वव्यापीकरणको अहिलेको सन्दर्भमा श्रम बजारको ‘मुभमेन्ट’लाई व्यवस्थित बनाउनुपर्छ”,उहाँले भन्नुभयो, “अहिलेको विश्वव्यापीकरणको फाइदा नेपालले पनि लिनुपर्छ, यसलाई अवसरका रूपमा लिँदै मुलुकलाई समृद्ध बनाउनुपर्छ ।”
मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशमा पुगी गैरकानूनी अवस्थामा रहेका नेपाली नागरिकलाई एक पटकका लागि कानूनी वैधता दिने तयारी गरिएको बताउनुभयो । “विदेशमा अवैधानिकरूपमा रहेका, श्रम स्वीकृति नलिएका, श्रम स्वीकृतिको अवधि सकिएका सबै नेपालीलाई एक पटकका लागि सम्बन्धित मुलुकसँग समन्वय गरेर कानूनी वैधता दिने अभियान सञ्चालन गरिनेछ”,उहाँले भन्नुभयो ।
विश्व बजारमा रहेको रोजगारका सम्भावनालाई खुला गर्न सरकार लागि परेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “कूटनीति सम्बन्ध स्थापना भएका सबै मुलुकमा रोजगारीको सम्भावना खुला गर्न सरकारले पहल जारी राखेको छ ।”
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष विनोद श्रेष्ठले श्रम क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरोकारवालाको सुझावलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । “मन्त्रालय मातहतका निकायलाई कार्यकर्ता भर्ती केन्द्र नबनाउनुस्, सम्बन्धित क्षेत्रका विज्ञलाई प्राथमिकता दिनुहोस्”, उहाँले भन्नुभयो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीले मुलुकको समृद्धिमा पुर्याएको योगदानको मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन