
लण्डन । बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा विगत आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्च महिनासम्म दोहोरो अंकमा रहेको मुद्रास्फिति अप्रिलमा एकल अंकमा झरेको हो ।
मार्चमा मुद्रास्फिति १०.१ प्रतिशत रहेको थियो ।
ओएनएसले ऊर्जाको मूल्यमा स्थायित्व आएकाले मुद्रास्फिति झरेको विश्लेषण गरेको छ ।
उता बैँक अफ इङ्ल्याण्ड (बीओइ) ले भने यस अवधिमा मुद्रास्फिति ८.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको थियो ।
बेलायतको बेलायतको मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी–सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी रहेको छ ।
बीओईले यस वर्षको अन्त्यसम्ममा बेलायतको मुद्रास्फिति तर २ प्रतिशतमा झर्ने आँकलन गरेको छ तर अहिलेको संकेत हेर्दा सो लक्ष्य धेरै टाढा रहेको भान हुन्छ । बेलायत सरकारले भने यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति करिब ५ प्रतिशतमा झर्ने दावी गरेको छ ।
समग्र मुद्रास्फिति दर घटे पनि खाद्यवस्तुको मूल्य भने घटेको छैन । ओएनएसका अनुसार अप्रिलमा पनि खाद्यवस्तुमा १९.१ प्रतिशत मुद्रास्फिति रहेको छ । जुन विगत ४५ वर्ष यताकै उच्च हो ।
उता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले हिजोमात्र बेलायती अर्थतन्त्र यसवर्ष आर्थिक मन्दीबाट बचेको आँकडा सार्वजनिक गरेको भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । जबकि आईएमएफले गत अप्रिलमा ०.३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]