बेलायतको ह्याम्पशायर पुलिसले डकैतीको विवरणमा विशेष गरी महँगो गहनालाई लक्षीत चोरी हुने गरेको व्यहोरा प्राप्त गरेको छ। चोरी भएको सुनलाई पगालेर अथवा त्यत्तिकै पनि बिक्री गरिन्छ। यस्तो किसिमको घटनाबाट जोगिन र डकैतहरूलाई मौका नदिन साधारण अपराध निवारणका उपायहरु अपनाई सुरक्षित गर्न सकिन्छ।
यदि तपाईको गहना घरमै राख्नुहुन्छ भने पनि सेफ बक्समा राखी निगरानी गर्ने अलार्म जडान गर्नुहोस्। तपाईको बीमा कम्पनीले कुन प्रकारको अलार्म अनि सेफ बक्स मापदण्डमा पर्दछ भन्ने बारेमा जानकारी दिन सक्छन् ।
केही समय लगाएर भए पनि घरको चारैतिर सुरक्षित भए नभएको यकिन गर्नुहोस्। कतै सुरक्षाको कमी महसुस भएमा ह्याम्प्सायर पुलिसको वेब साइट् www.hampshire.police.uk मा गएर जानकारी लिन सक्नु हुनेछ।
गहना हराएको वा चोरी भएको सम्बन्धमा प्रहरीलाई गहना धनीको पहिचान गर्न सजिलोको लागी immobilise.com मा दर्ता गर्नुहोस्। गहनालाई सेतो भुईमा स्केलको साथमा राखी फोटो खिची वेभ साइट्मा दर्ता गर्न सक्नुहुन्छ। यसो गर्दा प्रत्येक गहनाको मूल्य पनि चढाउनु होला।
घरदेखि बाहिर जानु अघि झ्याल ढोकामा ताला लगाई टाइम स्वीच जडान गरी घरमा कोही भएको भान पार्नु होला थप घरको सुरक्षा सम्बन्धित निशुल्क सुझावको लागि ब्ल्यू ल्याम्प ट्रष्टलाई 03007770157 मा वा www.bluelamptrust.org.uk मा सम्पर्क गर्न सक्नुहुन्छ।
सामाजिक संजालमा लापर्वाहीपूर्वक सूचनाहरू नराख्नुहोस् किनकि तपाईको सूचना क-कस्ले पढिरहेको छ तपाईलाई जानकारी हुन सक्दैन । जस्तै: “म छुट्टीमा जाँदैछु, वा पारिवारिक विवाह भोजमा जाँदैछु भनेर“
पुलिस आपतकालिन: 999
पुलिस गैरआपतकालिन:101
क्राइम स्टोपर 0800555111
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी