
लिस्बन । पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्र मन्त्री एनपी साउदसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
गैरआवासीय नेपाली सङ्घको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी प्राग पुग्नुभएका परराष्ट्रमन्त्री साउदसमक्ष सङ्घले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै आइतबार ज्ञापनपत्र बुझाएको हो ।
दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा परेको भन्दै सङ्घका अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले परराष्ट्र मन्त्री साउदलाई ज्ञापनपत्र बुझाउँदै दूतावास स्थापनाको माग गर्नुभएको हो । युरोप आएका नेपालीको प्रमुख गन्तव्य पोर्चुगल बन्दै गएको, दिनप्रतिदिन नेपालीको सङ्ख्या बढ्दै गएको, राहदानी लगायतका कागजी प्रक्रियामा समस्या भएको र पोर्चुगलबाट ठूलो रकम रेमिट्यान्सका रुपमा नेपाल भित्रिरहेको उल्लेख गर्दै सङ्घले दूतावास स्थापनाको माग गरेको हो ।
सो अवसरमा ज्ञापनपत्र बुझ्दै परराष्ट्र मन्त्री साउदले दूतावास स्थापनाका लागि सरकारले पोर्चुगललाई पहिलो प्राथमिकतामा राखेको र दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको आश्वासन दिनुभएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभयो । सङ्घको क्षेत्रीय सम्मेलनमा दूतावास स्थापनाका विषयमा जोडदार रुपमा उठान गरिएको र केन्द्रीय नेतृत्वले समेत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको अधिकारीले बताउनुभयो ।
पोर्चुगलमा नेपालीको सङ्ख्या यकिन नभए पनि अनुमानित ५० देखि ६० हजारको हाराहारीमा नेपाली रहेको सङ्घका अध्यक्ष अधिकारीको भनाइ छ । पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स लगायतका अन्यमुलुक धाउनुपर्ने बाध्यता रहेको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान