
लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली समुदायको अत्यधिक बसोबास रहेको रसमुर काउन्सिलमा उम्मेदवार बनेका धनबहादुर सार्की काउन्सिलरमा निर्वाचित भएका छन् ।
वेलिङटन वडामा लेबोर पार्टीका तर्फबाट उम्मेदवार बनेका सार्कीले ६५२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कञ्जरभेटिभका हार्टले मारी आनले ४१४ म पाइन् । यस्तै लिबरल डेमोक्रयाटिकका लन आइडन डेभिडले ६६ मत पाए ।
उता सोही काउन्सिलमा दोस्रोपटक उम्मेदवार बनेकी सुमन पुनले भने फेरि विजय हासिल गर्न असमर्थ भएकी छिन् । चेरिउड वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेकी पुनले ४७० मत मात्र पाइन् भने लेबोर पार्टीका गिनिस क्रिस्टिन अभ्रीलले ९९४ मत पाएर निर्वाचित भइन् । पुन यसअघि पनि सोही वडाबाट उम्मेवार भएकी थिइन् ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन