
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो ।
नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल जानुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सचिवालयले आज विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल आज बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गर्नुभएको समेत जनाएको छ ।
उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न हुनुहुन्छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ