लन्डन । साउथ इष्ट लण्डनको ऊलवीचस्थित कैलाश मोमो रेस्टुरेन्टले नेपालमा गएको विनाशकारी भूकम्प पछि मानवीय राहत सामग्री जुटाउन सक्रियता देखाएको छ । विपत्तिपछि नर्स र भोलेन्टियर टिम खडा गरि नेपाल पठाइसकेको उक्त रेष्टुरेन्टले गत ४ तारिख बेलुका मोमो बेचेर थप २ हजार २ सय २० पाउण्ड संकलन गरेको छ ।
उक्त रकम हाल नेपालमा खटिएको रेष्टुरेन्टको स्वयंसेवक टिममार्फत पीडितहरुको राहतका लागि खर्च गरिनेछ । उक्त टिमले भूकम्प प्रभावित गाउंमा गएर औषधि उपचारसहित साथमा दाल, चामल र करिब ३०० भन्दा बढी पाल वितरण गरिसकेको छ । भूकम्प पीडितहरुलाई थप सहयोग गर्न कैलाशका 
सञ्चालक तेन्जिंग डाक्पा र केहि नेपाली युवा युवती कम्मर कसेर अगाडि बढिरहेका छन् । पीडितहरुको राहतमा ब्रिटेनबाट नमी थापा आफ्नो टिमको नेतृत्व गरेर हाल नेपालमा सेवा गर्दै छिन् भने यहां आविस्कार सेन्चुरी, गौरव श्रेष्ठ र कैलाशका संचालक तेन्जिंग आफैं थप मद्दत जुटाउन लागिपरेका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल