
काठमाडौँ । युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गर्नुभयो ।
संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप राजदूत डेप्रेजले स्वास्थ्य सचिव डा पोखरेललाई हिस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताउनुभयो । राजदूत डिप्रेजले खोपले नेपालको कोरोना भाइरस महामारी रोक्न सहयोग पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा खोप उपलब्ध गराउने देशका महावाणिज्य दूतावासका प्रतिनिधिलगायत युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने