
काठमाडौँ । न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिनुभयो । श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो ।
गिरीमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । उक्त घटनामा कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा