
लण्डन । बेलायतमा यही अप्रिल २३ तारिखका दिन दिउँसो ३ बजे सरकारले राष्ट्रव्यापीरूपमा संङ्कटको चेतावनी दिने प्रविधिको परीक्षण गर्ने भएको छ ।
सो परीक्षणअन्तर्गत फोर जी र फाइव जी सेवा भएका हरेक मोवाइलमा १० सेकेन्डसम्म चेतावनीको संकेत दिने आवाज आउने छ भने मोवाइल पनि थर्कने (भाइब्रेट) हुनेछ । खतरा चेतावनी दिने यस्तो संकेतले जीउज्यानको खतरा भएको अवस्था जस्तै आगलागी वा बाढीका बारेमा सर्वसाधारणलाई तत्काल सूचित गर्नेछ र उनीहरूले बचाउको उपाय अपनाउन पाउने छन् ।
अमेरिका, नेदरल्याण्डस र क्यानाडाले यस्तो प्रविधि अपनाइसकेका छन् ।
बेलायतमा पनि राष्ट्रव्यापी रूपमा परीक्षण गर्नु पहिले सानो क्षेत्रमा इस्ट सफोक र रेडिङमा सफलतापूर्वक भइसकेको छ ।
सो दिन हरेक मोवाइल फोनको स्क्रीनमा खतराको चेनावनीयुक्त सन्देश आउने छ साथसाथै त्यस्तै किसिमको आवाज पनि आउने छ भने मोवाइल थर्कने छ । यो अवधि १० सेकेण्डको रहने छ ।
यो परीक्षण मात्र भएकाले सर्वसाधारणले केही गर्न पर्ने छैन । आवाज तथा भाइब्रेसन १० सेकेण्डपछि आफैँ बन्द हुनेछ तर मानिसहरूले आफ्नो मोवाइलको स्क्रीनमा ‘ओके’ लेखिएको बटनमा क्लीक भने गर्न पर्नेछ । त्यसपछि मोबाइल फोन सामान्य रूपमा चलाउन सकिने छ ।
सो दिन खेलकुदका विभिन्न प्रतियोगिता परेकाले परीक्षणबाट न्यूतम मात्र असर परोस् भनेर सरकारले विभिन्न निकायहरूसित समन्वय गरेको जनाएको छ ।
बेलायतका मन्त्री ओलिभर डाउडेनले अप्रिल २३ लाई आफ्नो डायरीमा टिप्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । यस प्रविधिको परीक्षणका कारण संकटको अवस्थामा सर्वसाधारणको जीउ ज्यानको सुरक्षा गर्नु रहेको उनले बताएका छन् ।
न्याशनल फायर काउन्सिल चिफ्सका अध्यक्ष मार्क हार्डिङघमले १० सेकेण्ड कसैका लागि असुविधाजनक होला तर आगामी दिनका लागि यो जीवन बचाउने उपाय हुन सक्छ भन्दै असुविधाका लागि अग्रिम क्षमायाचना गरेका छन् ।
न्याशनल पुलिस चिफ काउन्सिलका ओवेन वेदरीलले आपतविपतको बेलामा सर्वसाधारणलाई सावधानीको सूचना दिनु महत्त्वपूर्ण रहेको र भविष्यमा सर्वसाधारणलाई सुरक्षा गर्न यस्ता प्रविधि कसरी विकसित गर्दै लैजाने भन्ने बारेमा साझेदार निकायहरूसित समन्वय गर्ने बताएका छन् ।
यस प्रविधिबाट बेलायतमा रहेका ९० प्रतिशत मोबाइल फोनमा खतराको संकेत पठाउन सकिने विश्वास गरिएको छ । तर यथार्थमा यस्तो संकेत राष्ट्रव्यापीरूपमा भने कमै प्रयोग हुन्छ । क्षेत्रीय रूपमा भने बाढी वा आगलागीका समयमा प्रयोग हुन सक्छन् ।
मानिसहरूले भने युरोपमा लडाइँ चलिरहेको बेलामा गरिएको यो परीक्षणले कतै आणविक हतियारको प्रयोग भएको अवस्थाका लागि तम्तयारी त गरिएको होइन भन्ने आशंका पनि गरेका छन् ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम