
लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै अप्रिल २ मा गेसोको कुनै कार्यक्रम नरहेको प्रष्ट पारेका छन् ।
सामाजिक सन्जालमा अप्रिल २ तारिखका दिन अल्डरसटमा गेसोले कार्यक्रम आयोजना गरेको थाहा पाए पछि राईले सो कुरा प्रष्ट्याएका हुन् ।
उनले आफू गेसोको सभापति भएको समस्त भूतपूर्व सैनिकहरूलाई अवगत भइसकेको र सो कार्यक्रम आफूहरूले आयोजना नगरेको बताएका छन् । उनले अहिले गोरखा भूतपूर्व सैनिकहरूका समस्याका बारेमा बेलायत र नेपाल सरकारबीच वार्ता भइरहेको अवस्थामा त्यसलाई बिथोल्न संस्थापक सभापति पदमबहादुर गुरुङले सो कार्यक्रम आयोजना गरेको आरोप लगाएका छन् ।
सामाजिक संजालमा पदमबहादुर गुरुङ समर्थकहरूले गुरुङ पुन: गेसोमा फर्किएको र बेलायतमा रहेका भूतपूर्व गोरखाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार गरिएको छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा