
लण्डन । ग्रेटर रुश्मोर नेपाली कम्युनिटी (जीआरएनसी)ले शुक्रबार १४ अप्रिल २०२३ का दिन नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि एक कार्यक्रम आयोजना गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ५ बजेदेखि राति ११ बजेसम्म हुने सो कार्यक्रममा नेपाली नयाँ वर्ष धुमधामले मनाइने कम्युनिटीका अध्यक्ष मान गुरुङले जानकारी दिए ।
कार्यक्रमको लागि नेपालबाट सात जना अतिथि कलाकारहरु आउँदै छन् भने बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, रसमोर बोरो काउन्सिलका मेयर जोन मार्श लगायत नेपाली तथा बेलायती समुदायका स्थानीय नेतृत्वहरूको सहभागिता रहने छ । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि आमन्त्रित छन् भने मनोरन्जनात्मक कार्यक्रमहरु राखिएको छ ।
स्थानीय स-साना कलाकारहरुको नाच, सयपत्री समूहको नाच, डी यम टी ब्याण्ड आदिको प्रस्तुति कार्यक्रममा रहने छ।
कार्यक्रममा वृद्ध तथा ६ वर्षदेखि १२ वर्षका बालबालिकाका लागि टिकटमा सहुलियत दिइएको छ भने ६ वर्ष भन्दा मुनीका बालबालिकाले निशुल्क प्रवेश पाउने छन् अन्यले भने टिकट लिनु पर्नेछ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान