
लण्डन । ग्रेटर रुश्मोर नेपाली कम्युनिटी (जीआरएनसी)ले शुक्रबार १४ अप्रिल २०२३ का दिन नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि एक कार्यक्रम आयोजना गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ५ बजेदेखि राति ११ बजेसम्म हुने सो कार्यक्रममा नेपाली नयाँ वर्ष धुमधामले मनाइने कम्युनिटीका अध्यक्ष मान गुरुङले जानकारी दिए ।
कार्यक्रमको लागि नेपालबाट सात जना अतिथि कलाकारहरु आउँदै छन् भने बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, रसमोर बोरो काउन्सिलका मेयर जोन मार्श लगायत नेपाली तथा बेलायती समुदायका स्थानीय नेतृत्वहरूको सहभागिता रहने छ । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि आमन्त्रित छन् भने मनोरन्जनात्मक कार्यक्रमहरु राखिएको छ ।
स्थानीय स-साना कलाकारहरुको नाच, सयपत्री समूहको नाच, डी यम टी ब्याण्ड आदिको प्रस्तुति कार्यक्रममा रहने छ।
कार्यक्रममा वृद्ध तथा ६ वर्षदेखि १२ वर्षका बालबालिकाका लागि टिकटमा सहुलियत दिइएको छ भने ६ वर्ष भन्दा मुनीका बालबालिकाले निशुल्क प्रवेश पाउने छन् अन्यले भने टिकट लिनु पर्नेछ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा