काठमाडौँ । चलचित्र ‘स्वर’मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री बेनिशा हमाल निर्देशक बन्नुभएको छ ।
उहाँको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गर्नुभएको हो ।
अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनको आधारमा निर्देशनको सुरूआत गरेको अभिनेत्री हमालले जानकारी दिनुभयो । “निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिनँ । यो मेरो सुरूआत हो”,उहाँले भन्नुभयो, “आगामी दिनमा कथावस्तु र टीम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु । निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ ।”
यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । १४ चलचित्रमा अभिनय गरिसक्नुभएकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’अहिले प्रदर्शनरत छ ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन