
लन्डन। बेलायतमा बसेर नेपाली कला क्षेत्रमा लाग्दै आएका प्रभु गुरुङको निर्देशनमा नयाँ म्यूजिक भिडियो ‘बलेको आगो-२’सार्वजनिक भएको छ । म्यूजिक भिडियो यही आइतबार लण्डनमा एक समारोहबीच सार्वजनिक भएको हो।
उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित लाइभ टक शोमा निर्देशक प्रभु गुरुङले म्यूजिक भिडियो प्रेम र बिछोड केन्द्रित रहेको जनाउंदै दर्शकहरुलाई हेरिदिन आग्रह गरे ।
निर्देशक गुरुङले यसअघि बेलायतबाटै दर्जनौं नेपाली म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । ‘बलेको आगो २’ अझ पृथक बनाउन प्रयास गरेको प्रभुले बताए । उक्त म्यूजिक भिडियोमा मोडल निश्मा बन,रोशन बस्नेत र दुर्गा सिंह,बिजय गिरीले अभिनय गरेका छन् ।
मोडल निश्मा बनले ‘बलेको आगो २’बाट धेरै अनुभव लिएको बताइन् ,बेलायतमा लन्डन फेसन हाउस द्यारा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको वेष्ट ब्युटीफुल’ फेशको उपाधि जितेकी निश्मा बनले विविध कार्यक्रममा आफ्नो प्रस्तुति दिएपनि म्यूजिक भिडियोमा भने पहिलो चोटी अभिनय गरेकी हुन् । मोडल निश्माले भनिन्, ‘यो मेरा लागि ठूलो अवसर हो, उत्साहित छु ।’
उक्त म्यूजिक भिडियोमा राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ। मेकअप पुष्पा गुरुङले गरेकी छन् । म्यूजिक भिडियोमा लन्डनको दृश्य कैद गरिएको छ । लन्डनकै छायांकार तथा सम्पादक सुमन श्रेष्ठले सिमित लोकेशनबाट पनि रमणीय दृश्य कैद गरिएको बताए ।
हेर्नुहोस् म्यूजिक भिडियो
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग