
लण्डन । बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले बिहीबार नै सांसदहरूलाई ‘सरकारी उपकरणहरूको सुरक्षा’बारे सम्बोधन गर्ने बताइएको छ ।
बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्यूजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर गरिने एपमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन् ।
प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले यस साता सुरक्षा चासोका बारेमा पटक–पटक सोधपुछ गर्दा पनि मौन बसेको छ ।
सोमबार संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा सुनकले सरकारले ‘उपकरणहरूको सुरक्षालाई’ गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रा सहयोगीहरूले के गरिरहेका छन् भनेर पनि हेर्छौं ।”
सन्डे टाइम्सले गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गर्न सुझाव दिएको उल्लेख गरेको थियो ।
टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ ।
आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको छ ।
अमेरिकी अधिकारीहरूले टिकटकले बाइटडान्ससँग सम्बन्धविच्छेद गरेमा व्यापक राष्ट्रिय प्रतिबन्धबाट बच्ने बताएका छन् ।
बिहीबार बेइजिङस्थित विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई ‘अनुचित रूपमा दबाउने’काम बन्द गर्न आग्रह गरेको थियो ।
प्रवक्ता वाङ वेनबिनले भन्नुभयो, “टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ भन्ने प्रमाण प्रस्तुत गर्न अमेरिका अहिलेसम्म असफल भएको छ ।”
प्रतिबन्धले टिकटकको विकासलाई रोकेको छैन ।
वी आर सोशल मार्केटिंग एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ यो विश्वमा छैटौं सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो ।
यद्यपि मेटाको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको लामो समयदेखिको ख्यातिलाई अझै टिकटकले भेट्न सकेको छैन तर युवाहरूमा यसको वृद्धिले यसको प्रतिस्पर्धीहरूलाई धेरै पछाडि पार्ने निश्चित देखिएको छ ।
वालरु एजेन्सीका अनुसार टिकटक प्रयोगकर्तामध्ये एक तिहाइ १० देखि १९ वर्ष उमेर समूहका छन् । यसको तीव्र वृद्धिले गत वर्ष विज्ञापन राजस्वमा ११ अर्ब अमेरिकी डलरभन्दा बढी योगदान गरेको थियो । यो एक वर्षमा तीन गुणाभन्दा बढीको वृद्धि हो ।
टिकटकका प्रतिस्पर्धीहरूले चाँडै यसको छोटो भिडियो ढाँचा र निरन्तर स्क्रोलिङको नक्कल गरे पनि उनीहरूलाई टिकटकको तुलनामा खासै फाइदा भएको देखिँदैन ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम