
किगाली । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्वीस नागरिक हुन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो ।
फिफाको विधानअनुसार अध्यक्षको अधिकतम तीन कार्यकाल हुन्छ । हरेक कार्यकाल चार वर्षको हुन्छ तर उनले गत डिसेम्बरमा आफ्नो पहिलो तीन वर्षको कार्यकाललाई पूर्णकार्यकालका रूपमा गणना गर्न नहुने तर्क गर्दै सन् २०३१ सम्म पदमा रहनसक्ने बताएका छन् ।
गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने सिलसिलामा कतारले प्रवासी कामदार, महिला र अल्पसङ्ख्यकका अधिकार रक्षामा बेवास्ता गरेको उनीहरूमाथि असल व्यवहार नगरेको आलोचनाको डटेर प्रतिरक्षा गरेका इन्फान्टिनोले महिला तथा पुरुष विश्वकप फुटबल प्रतियोगिताको विस्तारका साथै फिफाको आय वृद्धिमा उल्लेखनीय योगदान गरेका छन् ।
इन्फान्टिनो नेतृत्वको फिफाले सन् २०२६ मा पुरुष विश्वकप प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना गर्नेछ । यसअघि ३२ टोलीले स्पर्धा गरेको विश्वकपमा अब ४८ समूहले प्रतिस्पर्धा गर्नेछन् । यो वर्षको अन्त्यमा अष्ट्रेलिया र न्युजिल्याण्डमा पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा ३२ टोली भिड्ने छन् ।
इन्फान्टिनो नेतृत्वको फिफाले अघिल्लो कार्यकालमा करिब पाँच अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो भने अबको चार वर्षमा त्यसलाई ११ अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरेको छ ।
भ्रष्टाचारमा मुछिएपछि पदमुक्त भएका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरका उत्तराधिकारी ५२ वर्षीय इन्फान्टिनो सन् २०१६मा फिफा अध्यक्ष भएका थिए । फिफा अध्यक्षका रूपमा अब उनले तेस्रो कार्यकाल विश्व फुटबलको उन्नयनमा बिताउने छन् ।
अध्यक्ष इन्फान्टिनोले फिफालाई विश्वसनीय, भरपर्दो, आधुनिक, व्यावसायिक एवम् जवाफदेही सङ्गठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्गठन सुधार तथा फुटबलका प्रमुख प्रतियोगिताहरूमा विश्वव्यापी सहभागिता बढाउने तथा फुटबलको विकासमा लगानी अभिवृद्धि गर्ने प्रण पनि उनले गरेका छन् ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते