
लण्डन । आर्थिक मन्दीको चपेटामा पर्ने विश्लेषणलाई छल्दै बेलायत आर्थिक मन्दीबाट बचेको छ ।
अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर)को आज प्रकाशित विश्लेषणअनुसार बेलायत यस वर्ष आर्थिक मन्दीको चपेटामा पर्ने छैन तर अर्थतन्त्र भने ०.२ प्रतिशतले खुम्चने छ । जुन विश्वका अति विकसित सात मुलुकहरूमध्येकै सबैभन्दा कमजोर अर्थतन्त्र हुनेछ ।
ओबीआरका अनुसार अर्को वर्ष बेलायतको अर्थतन्त्र १.८ प्रतिशतले बढ्ने छ भने सन् २०२५ मा २.५ प्रतिशत र सन् २०२६ मा २.१ प्रतिशतले बढ्ने छ ।
बेलायतमा सरकारले उर्जाको मूल्यमा दिइरहेको सहुलियत थप तीन महिना लम्ब्याएको छ । बेलायती अर्थमन्त्री जेरेमी हन्टले बुधबार बेलायती संसदमा सार्वजनिक गरेको बजेटमा सो कुरा बताएका हुन् ।
अहिले सरकारले घरायसी खपतका लागि उर्जाको मूल्य वार्षिक २ हजार ५०० पाउण्ड तोकेको छ र यस नियन्त्रित मूल्यलाई आगामी जुन महिनासम्म कायम राखिएको छ । यसअघि अप्रिल १ पछि सो मूल्य बढाएर ३ हजार पाउण्ड पुर्याउने योजना थियो । तर यसअघि दिइँदै आइएको इनर्जी रिबेट स्किम भने यसै महिनादेखि अन्त्य हुने भएको छ ।
उर्जा क्षेत्रमा चलनचल्तीमा रहेको प्रिपेमेन्ट प्रिमियम योजनालाई भने जुलाई महिनाबाट अन्त्य गरिने भएको छ । यसअघि उर्जाको मूल्य बढेको बेलामा सो योजनाका कारण धेरै उपभोक्ताहरूले सास्ती पाएको गुनासो आएको थियो । सो योजना खारेज गरेपछि प्रति घरले वार्षिक ४५ पाउण्ड वचत गर्ने सरकारको विश्वास छ ।
यसैगरी सरकारले अप्रिलदेखि कर्पोरेसन कर पनि बढाएको छ । वार्षिक २ लाख ५० हजार पाउण्डभन्दा बढी नाफा कमाउने व्यावसायिक प्रतिष्ठानहरूले अप्रिलदेखि नाफाको २५ प्रतिशत कर तिर्न पर्नेछ । अहिले सो दर १९ प्रतिशत मात्र छ । यसबाट करिब १० प्रतिशत व्यवसाय प्रभावित हुने सरकारको आँकडा छ ।
यस्तै साताको १६ घण्टा काममा जाने ९ महिनादेखि पाँच वर्ष उमेरका बालबच्चा भएका अभिभावकहरूले १५ घण्टाको निशुल्क शिशु स्याहार पाउने छन् । अभिभावकहरूलाई काममा प्रोत्साहित गर्न सो नीति ल्याइएको हो । सन् २०२४ को अप्रिलबाट लागू हुने यस योजनाअनुसार सेप्टेम्बर २०२५ बाट भने पाँच वर्ष मुनीका बालबच्चा भएका हरेक अभिभावकले साताको ३० घण्टासम्म निशुल्क बालबच्चा स्याहारको सुविधा पाउने छन् ।
यसैगरी पेन्सनमा लाग्ने करको दायरालाई फराकिलो बनाइएको छ । जसअनुसार अब ६० हजार पाउण्डसम्मको वार्षिक पेन्सनमा कर लाग्ने छैन । यसअघि ४० हजार पाउण्डसम्म मात्र करमुक्त थियो । यसबाट एनएचएसबाट अवकास पाएका चिकित्सकहरू लाभान्वीत हुने सरकारको अपेक्षा छ ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम