
लण्डन । लण्डनको हिलिङडन काउन्सिलले काउन्सिलभित्र उल्लेखनीय सामाजिक योगदान पुर्याएका विभिन्न २४ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरेको छ । जसमा गोर्खासित सम्वद्ध दुई संस्था पनि परेका छन् ।
मंगलबार काउन्सिलको सिभिक सेन्टर अक्सब्रिज लण्डनमा आयोजित एक कार्यक्रममा काउन्सिलका मेयर वेक्की ह्यागर, काउन्सिल लिडर इयान एडवार्ड र अन्तरिम प्रमुख कार्यकारी अधिकृत टोनी जमानले अवार्ड प्रदान गरेका थिए ।
काउन्सिलभित्र विभिन्न किसिमका सामाजिक क्रियाकलापमा सक्रिय ६५ वटा व्यक्ति वा संस्थाको नोमिनेसन प्राप्त भएकोमा २४ जनालाई पुरस्कृत गरिएको काउन्सिलले जनाएको छ । उनीहरूलाई चारवटा विधामा विभाजित गरिएको थियो । जसमा साहस, असहायलाई सहयोग, समुदायलाई सहयोग र स्वास्थ्य तथा तन्दुरूस्तीको प्रबर्धन रहेका थिए ।
स्थानीय नेपाली समुदायको संस्था हिलिङडन गोर्खा नेपाली कम्युनिटी र द गोर्खा सेन्टरले समुदायलाई सहयोग विधामा काँस्य सम्मान पाएका छन् ।

युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित