
लण्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको अध्यक्षतमा युमा (नेत्रमाया) लिम्बू निर्वाचित हुनुभएको छ ।
महासंघको शनिबार लण्डनमा सम्पन्न चौथो अधिवेसनले लिम्बूलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको हो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गंगामाया दुरा, उपाध्यक्षमा बसुन्धरा याख्या र महासचिवमा बिमला सिगु चयन हुनुभएको छ । यस्तै सचिवमा मनिकला राई, कोषाध्यक्षमा खुशीकला गुरुङ र सदस्यमा शर्मिला तामाङ चुनिएका छन् । बाँकी सदस्य पछि थप गरिने बताइएको छ ।
महासंघका अध्यक्ष शान्ताकला राईको अध्यक्षतामा भएको सो अधिवेसनमा अन्तर्राष्ट्रिय नारी दिवस पनि एकै साथ पारेर मनाइएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा, पूर्व अध्यक्ष जंग सुनुवार, महिला महासंघका पूर्व अध्यक्ष विमला राई, सल्लाहकार शशी थापा सुब्बा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा राना लगायतले शुभकामना दिएका थिए ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श