
लण्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको अध्यक्षतमा युमा (नेत्रमाया) लिम्बू निर्वाचित हुनुभएको छ ।
महासंघको शनिबार लण्डनमा सम्पन्न चौथो अधिवेसनले लिम्बूलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको हो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गंगामाया दुरा, उपाध्यक्षमा बसुन्धरा याख्या र महासचिवमा बिमला सिगु चयन हुनुभएको छ । यस्तै सचिवमा मनिकला राई, कोषाध्यक्षमा खुशीकला गुरुङ र सदस्यमा शर्मिला तामाङ चुनिएका छन् । बाँकी सदस्य पछि थप गरिने बताइएको छ ।
महासंघका अध्यक्ष शान्ताकला राईको अध्यक्षतामा भएको सो अधिवेसनमा अन्तर्राष्ट्रिय नारी दिवस पनि एकै साथ पारेर मनाइएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा, पूर्व अध्यक्ष जंग सुनुवार, महिला महासंघका पूर्व अध्यक्ष विमला राई, सल्लाहकार शशी थापा सुब्बा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा राना लगायतले शुभकामना दिएका थिए ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम