
लण्डन । माल्टाका समेत राजदुत रहनुभएका बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गणतन्त्र माल्टाका राष्ट्रपति डा जर्ज भेल्लासमक्ष ओहोदाको प्रमाण पत्र पेश गर्नुभएको छ ।
ओहोदाको प्रमाण पत्र ग्रहण गर्नुहुँदै राष्ट्रपति भेल्लाले आचार्यलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । साथै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्नुभयो ।
सो अवसरमा राजदुत आचार्यले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट माल्टाका राष्ट्रपति तथा माल्टाका नागरिकहरूको सुस्वास्थ्य र सुखका लागि पठाइएको सन्देश सुनाउनुभएको थियो । साथै राजदुत आचार्यले नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारको विकासका प्राथमिकताका बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा अहिलेको आपसी सम्बन्ध पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टामा रहेका नेपाली समुदायमार्फत अझै विस्तार गर्न दुवै सहमत भएका थिए ।
सो अवसरमा राजदुत आचार्यकी श्रीमती सुनिता आचार्य र दुताबासकी तृतीय सचिव पुनम पाण्डे पनि सरिक थिए ।
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम