
लण्डन । लण्डनमा नेपाली सेना दिवस मनाइएको छ ।
नेपाली दुताबास लण्डनमा विहीबार साँझ एक कार्यक्रम आयोजना गरी सो दिवस मनाइएको हो ।
कार्यक्रमको शुरुवातमा सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदारले आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्दै नेपाली सेनाको इतिहास र अहिले गरिरहेका कार्यका बारेमा जानकारी दिनुभएको थियो । उहाँले नेपाली सेनाले देशको रक्षाका साथै राष्ट्रिय निकुञ्जहरु र वन्यजन्तु आरक्षहरुको रक्षा, सगरमाथा लगायतका हिमालबाट फोहोर संकलन, संयुक्त राष्ट्रसंघ मातहतमा शान्ति सेनामा रहेर उल्लेख्य कार्य गरेको बताउनुभयो । बेलायती सेनाका बीचमा सयौँ वर्षदेखिको सहकार्य हुँदै आएको र सो सहकार्य दीर्घकालसम्म रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बेलायती सेनाका जनरल रिचर्ड वार्ड ल ओबीई रहनुभएको थियो । सो समारोहमा बोल्दै वार्ड लले नेपाली सेना र बेलायती सेना तथा नेपाल र बेलायतबीच शताब्दीयौँ पुरानो सम्बन्ध रहेको र भविष्यमा पनि सो सम्बन्ध सुमधूर रहने आशा व्यक्त गर्नुभयो । आफू हालै नेपाल गएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश गरेको बताउँदै उहाँले नेपाली सेनालाई हार्दिक शुभकामना दिनुभयो ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपाली सेनाले देशको रक्षा गर्नुका साथै पर्यावरण, प्राकृतिक स्रोतको रक्षा र शान्ति सेनामा समेत उल्लेख्य भूमिका खेलेको बताउनुभयो । नेपाल र बेलायतबीच शान्ति सन्धि भएको यो वर्ष १०० वर्ष पुगेको ऐतिहासिक अवसरको स्मरण गर्दै उहाँले दुई देश र दुई सेनाबीचको सम्बन्ध अनन्तकालसम्म रहने आशा प्रकट गर्नुभयो ।
उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विभिन्न देशका सैनिक सहचारीहरु, बेलायतस्थित नेपाली तथा गैरनेपाली महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायकगायिकाहरु शर्मिला वर्देवा, सितु खरेल, सपनकुमार राई र विनु गोदारले देशभक्ति तथा अन्य गीतहरु गाएर कार्यक्रमलाई रमाइलो बनाउनुभएको थियो ।


गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम