
लन्डन । बेलायतमा आयोजना गरिएको साताव्यापी नेपाली फिल्म फेस्टिबलमा सहभागी हुन नेपालका दर्जनौँ कलाकार बेलायत आइपुगेका छन् ।
उनीहरु बिहिबार साँझ हिथ्रो विमानस्थलको टर्मिनल ४ मा अवतरण गरेका हुन् । २५ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत आएका हुन् ।
बेलायत आइपुगेका कलाकारहरुलाई विमानस्थलमा स्वागत गर्न थर्ड आई आयोजक समूहका तर्फबाट विकास देवकोटा,ओजेश सिंह,उमेश मोक्तान,सनम बैराग, नेपाली चलचित्र क्षेत्रका अग्रज बिनोद मानन्धर, नेपाल चलचित्र कलाकार संघ यूके (फान)की अध्यक्ष रोमियन लिम्बु ,प्रसान्त खड्का ,सुरेश राज पाठक,गैरआवासीय नेपाली संघ इङ्ल्याण्ड राज्य परिषद अध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङ,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई लगायत विमानस्थल पुगेका थिए ।विमानस्थलमा उत्रिए लगत्तै नेपाली कलाकारहरु निकै उत्साहित भएका थिए ।
बेलायत आएका लोकप्रिय कलाकारहरु करिष्मा मानन्धर, स्वस्तिमा खड्का, आंचल शर्मा, रिमा विश्वकर्मा, विल्सन विक्रम राई, अनुपविक्रम शाही, पुष्प खड्का, सरु थापा,अनु शाह, कृष्टिना गुरुङ, दिनेश डिसी, मिलन चाम्स,यश कुमार, विक्रम जोशी, कविता मानन्धर, विन्दु परियार, सहिमा श्रेष्ठ, सन्तोष सेन, राज कटुवाल लगायत दुई दर्जन कलाकार छन् ।
अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपालबाट आएका कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित चलचित्र महोत्सव गरिनेछ । सो अवसरमा बेलायतस्थित कलाकारहरुको पनि प्रस्तुति रहनेछ । महोत्सवले नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा लैजान टेवा पुग्ने विश्वास गरिएको छ । आयोजकले महोत्सवमा सबैलाई सहभागी हुन निमन्त्रणा गरेका छन् ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने