
लण्डन । बेलायतको इतिहासमै उच्चविन्दूमा पुगेको मुद्रास्फिति यसै वर्षको अन्त्यसम्ममा दुई प्रतिशतमा झर्नसक्ने अनुमान अर्थविदहरूले गरेका छन् ।
सिटी ग्रुपले बुधबार गरेको पूर्वानुमानअनुसार ग्याँसको मूल्य तीव्रगतिमा घटिरहेकाले अहिले १० प्रतिशतमाथि रहेको मुद्रास्फिति स्वात्तै घट्ने बताइएको छ । उच्च मुद्रास्फिति बेलायतको अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ र प्रधानमन्त्री ऋषि सुनकले आफ्ना पाँच प्राथमिकतामा मुद्रास्फिति आधा घटाउने वाचा गरेका छन् ।
पूर्वानुमानअनुसार आगामी नोभेम्बरसम्ममा मुद्रास्फिति २.३ प्रतिशतमा झर्न सक्नेछ । बैँक अफ इङ्ल्याण्डले भने मुद्रास्फिति ४ प्रतिशतमा झर्ने अनुमान गरेको छ । सिटी ग्रुपका प्रमुख अर्थशास्त्री बेन्जामिन नाबारोले युरोप क्षेत्रमा ग्याँसको मूल्यमा आएको ह्रासका कारण मुद्रास्फितिका बारेमा नयाँ विश्लेषण सार्वजनिक गर्नु परेको बताएका छन् । उनले जुलाइमा नै मुद्रास्फिति ५ प्रतिशतमा झर्ने बताए जबकि गत महिना मात्र अक्टोबरमा मात्र मुद्रास्फिति ५ प्रतिशतमा झर्ने विश्लेषण सार्वजनिक गरिएको थियो ।
नयाँ पूर्वानुमानसँगै घरायसी उपयोगको उर्जाको मूल्य पनि घट्ने सम्भावना छ किनकि ग्याँसको थोक मूल्यमा निरन्तर गिरावट आइसकेको छ । अगष्ट यता ग्याँसको मूल्यमा ८० प्रतिशतले कमी आएको छ । नयाँ मूल्यका कारण यसअघि सरकारले तोकेको प्रति घर वार्षिक ३ हजार २९५ पाउण्ड उर्जाको औसत मूल्य अब २ हजार १६१ पाउण्डमा झर्न सक्ने कोर्नवाल इन्साइटले अनुमान गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा