
काठमाडौँ । हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिनु हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिनुभयो ।
यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रसारण हुनेछ । हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनुहुनेछ ।
यसैगरी, दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’,प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिनुहुनेछ । कार्यक्रमको निर्देशन भने दिनेश डिसीले गर्नुहुनेछ । नयाँ स्वरुपमा कमेडी क्लबमा जोडिन पाउँदा आफूलाई खुसी लागेको भन्दै नायिका कार्कीले पत्रकार सम्मेलनमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले स्वच्छ हास्य व्यङ्ग्यमार्फत आम जनमानसलाई सुसूचित हुने अवसर प्रदान गर्न लागिएको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा