
लण्डन । युक्रेनमा जारी द्वन्द्वले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’र पूर्वी युरोपलाई सोभियतकालीन उपकरणहरू खोस्न उत्प्रेरित गरेको एक बेलायती प्रवुद्ध समूहले बुधबार जनाएको छ ।
‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’का अनुसार सन् २०२२ मा युरोपका करिब २० देशले ‘रक्षा खर्चमा तत्काल वृद्धि गर्ने वा दीर्घकालीन खर्च लक्ष्यप्रति बलियो प्रतिवद्धता’घोषणा गरेका छन् ।
लण्डनस्थित उक्त थिङ्क ट्याङ्क समूहले आफ्नो वार्षिक रिपोर्टमा भनेको छ, “यो आक्रमणले नेटोलाई नयाँ उद्देश्य दिएको छ । फिनल्याण्ड र स्वीडेनलाई गठबन्धनमा सामेल हुन आवेदन दिन उत्प्रेरित गरेको छ र पूर्वी युरोपका राज्यहरूलाई प्रतिरक्षामा आफ्नो ध्यान केन्द्रित गर्न नेतृत्व गरेको छ ।”
यद्यपि अत्याधिक मुद्रास्फीतिले खर्चको प्रतिवद्धताको धेरै भागलाई प्रभावित पारेको थियो । युरोपेली रक्षा खर्च गत वर्ष केवल ०.८ प्रतिशतले वृद्धि भएको थियो ।
रूसको आक्रमणले पूर्वी युरोपेली राज्यहरूलाई ‘अधिक आधुनिक पश्चिमी सैन्य प्रणाली’को साथ आफ्नो सूची अद्यावधिक गर्न नेतृत्व गरेको छ भने दक्षिण कोरिया युरोपका लागि एक प्रमुख रक्षा आपूर्तिकर्ताको रूपमा उदाएको छ ।
हाल रूसबारे सामान्य ध्यान केन्द्रित भएपनि दीर्घकालमा अमेरिकाको ध्यान चीनसँग नै रहेको आईआईएसएसले जनाएको छ । “चीनको सैन्य आधुनिकीकरण वासिङ्टनका लागि चिन्ताको प्रमुख विषय बनेको छ,”विज्ञप्तिमा भनिएको छ ।
“सन् २०२२ को बजेटमा चीनको रक्षा खर्च ७.० प्रतिशतले वृद्धि भएको छ, जुन सन् २०२१ को तुलनामा सबैभन्दा ठूलो हो,” रिपोर्टमा भनिएको छ ।
दक्षिण कोरियाले आफ्नो सशस्त्र बललाई आधुनिकीकरण गरेको र जापानले थप लगानी र नयाँ साझेदारीका साथ आफ्नो सैन्य क्षमता बढाउने योजना बनाएको प्रतिवेदनमा उल्लेख छ ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान